काठमाडौं, २४ असोज । फिफा विश्वकपको छनौट अन्तरगतको युरोपियन छनोटमा इंग्ल्यान्डले एन्डोरामाथि फराकिलो जित निकालेको छ । शनिबार राति भएको खेलमा इंग्ल्यान्डले एन्डोरालाई ५–० गोल अन्तरको फराकिलो जित निकालेको हो ।
एन्डोराकै घरेलु मैदानमा भएको खेलको १७औं मिनेटमा बेन चिलवेलले गोल गर्दै इंग्ल्यान्डलाई सुरुवाति अग्रता दिलाएका थिए । खेलको ४०औं मिनेटमा बुकायो साकाले गोल गर्दै चिलवेललाई २–० को अग्रता दिलाए । ५९औं मिनेटमा टामी इब्राहिमले गोल गर्दा खेल ३–० को अवस्थामा पुग्यो ।
खेलको ७९औं मिनेटमा जेम्स वार्डले गोल गरेपछि इंग्ल्यान्डले ४–० को अग्रता बनायो । त्यस्तै खेलको ८६औं मिनेटमा ज्याक ग्रेलिसले गोल गर्दै इंग्ल्यान्डलाई ५–० को जित दिलाए । यस जितसँगै इंग्ल्यान्ड विश्वकप नजिक पुगेको छ । समूह ‘आई’ मा रहेको इंग्ल्यान्डले ७ खेलमा १९ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ । एन्डोरा ३ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।-Photo: Agency