Logo

महिला अधिकारकर्मी रुबी खानले तोडिन् १३ दिने लामो अनशन (फोटोफिचर)



काठमाडौं, २ कार्तिक । महिला अधिकारकर्मी रुवी खानले आमरण अनशन तोडेकी छिन् । आज सरकारसँग सहमति भएपछि उनले अनशन तोडेकी हुन् । गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको नेतृत्वमा ६ सदस्यीय समिति बनाउने सहमति भएको हो । योसँगै रुबीले १३ दिन लामो अनसन तोडेकी हुन् । माइतीघर मण्डलामा गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेल र मानअवधिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारीले जुस खुवाएर अनसन तोडाएका हुन् ।

त्यसअघि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भएको वार्तामा छानविन समिति बनाउने, समितिमा मुस्लिम समाज चेतना केन्द्रका अध्यक्ष मोहम्मद शेर बागवानलाई पनि राख्ने, ७ दिनभित्र प्रतिवेदन बुझाउने सहमति भएको थियो ।अनसन तोडेकी रुबीले सरकारसँग भएको सहमति सम्पूर्ण महिलाहरुको जित भएको बताइन् ।

आफूहरुले सबैको सहयोगमा न्याय पाएको पनि उनको प्रतिक्रिया थियो । निर्मला कुर्मीको अपहरण, शरीर बन्धक र हत्या तथा नकुन्नी धोबीको हत्या भएको भन्दै न्याय माग्दै रुबीको नेतृत्वमा महिलाहरु नेपालगञ्जबाट २० दिन लगाएर पैदल हिँडेर काठमाडौं आएका थिए । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्