Logo

माछापुच्छ्रे बैंकको शेयरमुल्य समायोजन



काठमाडौ, ७ कात्तिक । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आइतबार माछापुच्छ्रे बैंकको शेयरमुल्य समायोजन गरेको छ । नेप्सेले बैंकको प्रस्तावित बोनस शेयर प्रयोजनका लागि मुल्य समायोजन गरेको हो ।

नेप्सेले बैंकको गत बिहीबार भएको अन्तिम कारोबार शेयरमुल्य ३ सय ६४ दशमलव ९० रुपैयाँको आधारमा ३ सय २२ दशमलव ०७ रुपैयाँ नयाँ मुल्य निर्धारण गरेको हो ।

साधारण सभा र प्रस्तावित लाभांशको वितरण प्रयोजनार्थ आज एकदिन बुक क्लोज गर्ने भएकोले मुल्य तोकेको हो ।

 



प्रतिक्रिया दिनुहोस्