दमौली, १० कात्तिक । तनहुँमा मङ्गलबार भएको स्थानीय तहको अधिवेशनअन्तर्गत चार पालिकामा सर्वसम्मत नेतृत्व चयन गरिएको छ । व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, आँबुखैरेनी गाउँपालिका र बन्दीपुर गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको हो ।
व्यास नगर कमिटीको अध्यक्षमा वीरेन्द्र अधिकारी, उपाध्यक्षमा तुल्सीराम पाण्डे, सचिवमा ज्ञानेन्द्र बसौला, उपसचिवमा मधु पण्डित र सीता पाण्डे चयन हुनुभएको छ । शुक्लागण्डकी नगरको अध्यक्षमा मुक्ति तिमिलसिना र सचिवमा रघुनाथ पौडेललाई सर्वसम्मत चयन गरिएको छ । आँबुखैरेनी गाउँ कमिटीको अध्यक्षमा मीना अधिकारी, उपाध्यक्षमा चन्द्रबहादुर थापा, सचिवमा बेलबहादुर गुरुङ, सहसचिवमा जमालदिन मियाँ र पूर्णबहादुर आलेलाई चयन गरिएको छ ।
यस्तै बन्दीपुर गाउँ कमिटीको अध्यक्षमा सुरेन्द्र थापा, उपाध्यक्षमा शिवकुमार श्रेष्ठ, सचिवमा कुलेन्द्र गौतम, सहसचिवमा रवि श्रेष्ठ र अमिर गुरुङ चयन हुनुभएको छ । भानु नगरपालिका र भिमाद नगरपालिकामा नेतृत्व चयनको प्रयास भइरहेको छ । घिरिङ गाउँपालिकामा अधिवेशन कात्तिक १५ गतेसम्मलाई स्थन गरिएको छ । ऋषिङ, देवघाट र म्याग्दे गाउँपालिकाको भने मङ्गलबार अधिवेशन नगर्ने तय भएको थियो । ऋषिङमा कात्तिक ११, देवघाटमा १४ र म्याग्देमा १५ गते अधिवेशन हुने भएको छ ।
बागलुङका पाँच पालिकामा सर्वसम्मत नेतृत्व
नेकपा (एमाले)को दशौँ महाधिवेशनअन्तर्गत बागलुङको पाँच पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ । दश पालिका रहेको जिल्लामा मङ्गलबार सात पालिकामा अधिवेशन सुरु भएको थियो । तमानखोला, ताराखोला, काठेखोला गाउँपालिका तथा ढोरपाटन र गलकोट नगरपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको पार्टीका जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाले जानकारी दिए ।
गलकोट नपाको अध्यक्षमा पूर्ण काउचा, उपाध्यक्षमा तिला केसी, सचिवमा दानबहादुर श्रीस, उपसचिवमा पोस्टराज सुवेदी र लक्ष्मी सुनारलाई चयन गरिएको निवर्तमान नगर संयोजक डम्बर श्रीसले जानकारी दिए । त्यस्तै ताराखोला गाउँपालिकाको अध्यक्षमा ऋषिराम रोका, उपाध्यक्षमा थममाया घर्ती, सचिवमा दुर्गाबहादुर बगाले र उपसचिवमा डम्बरबहादुर छन्त्याल चयन भएका छन् ।
यस्तै तमानखोलाको अध्यक्षमा तारानाथ श्रीपाली, उपाध्यक्षमा कुमबहादुर छन्त्याल, सचिवमा लीलबहादुर पुन, उपसचिवमा रुपा छन्त्याल र चुनबिर दर्जी चयन भएका छन् । काठेखोला गाउँपालिकाको अध्यक्षमा डिलबहादुर कार्की, उपाध्यक्षमा युक्तप्रसाद कँडेल, सचिवमा विधापती शर्मा, उपसचिवमा तिलबहादुर खड्का र नरबहादुर क्षेत्री चयन भएका छन् ।
यस्तै ढोरपाटन नगरपालिकाको अध्यक्षमा लक्ष्मण पुन, उपाध्यक्षमा निर्दोष विक, सचिवमा ज्ञानप्रसाद कँडेल, उपसचिवमा इन्द्र घर्तीमगर र हेमप्रसाद विक चयन भएका छन् । बागलुङ नगरपालिका र बडिगाडमा सर्वसम्मतको प्रयास जारी छ भने निसीखोला, बरेङ गाउँपालिका र जैमिनी नगरपालिकामा कात्तिक ११ गतेपछि अधिवेशन हुनेछ ।
म्याग्दीका चार पालिकामा नेतृत्व सर्वसम्मत
नेकपा (एमाले)ले म्याग्दीका चार स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गरेको छ । रघुगङ्गा, मालिका, धवलागिरि र मङ्गला गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको हो ।
रघुगङ्गाको अध्यक्षमा दीपक कार्की, उपाध्यक्षमा गमबहादुर पुन, सचिवमा झलक शर्मा, उपसचिवमा यामकुमारी गर्बुजा र दीपा पुन चयन भएका छन् । मालिकाको अध्यक्षमा बेगप्रसाद गर्बुजा, उपाध्यक्षमा दलमान पुन, सचिव सन्तनाथ सुवेदी, भुपेन्द्र दर्जी र उपसचिवमा धनबहादुर बोहोरालाई चयन गरिएको छ । मङ्गला गाउँपालिकाको अधयक्षमा सतप्रसाद रोका, उपाध्यक्ष चिरञ्जिवी शर्मा, सचिव दर्पण रोका र सहसचिवमा चक्रलाल पाण्डे चयन भएका हुन् ।
यस्तै धवलागिरि गाउँपालिकाको अध्यक्षमा होमबहादुर थापा, उपाध्यक्षमा राजाराम सुवेदी, सचिवमा रेशम छन्त्याल, उपसचिवमा विजय घर्ती र तिलक पुन चयन हुनुभएको छ । बेनी नगरमा नेतृत्वका लागि सहमति जुट्न सकेको छैन ।
स्याङ्जाको नौ पालिकामा नेतृत्व चयन
स्याङ्जाको ११ मध्ये नौ पालिकामा नेकपा ९एमाले०को नेतृत्व चयन प्रक्रिया सम्पन्न भएको छ । अधिवेशनमा जिल्लाको फेदीखोला, आँधीखोला, हरिनास, अर्जुनचौपारी, कालीगण्डकी, बिरुवा गाउँपालिका, भिरकोट, गल्याङ र चापाकोट नगरपालिकामा नेतृत्व चयन प्रकिया सम्पन्न भएको छ ।
पुतलीबजार र वालिङ नगरपालिकामा सर्वसम्मतरूपमा नेतृत्व चयनका लागि प्रयास भइरहेको नेकपा ९एमाले० स्याङ्जाले जनाएको छ । पुतली बजार नगरपालिकामा महेश पुरी, अमृत श्रेष्ठ, ओम खड्का, अशोक शर्मा, भरत गोदारलगायतले अध्यक्षमा दाबी गरेका छन् । वालिङमा पुण्यप्रसाद अर्याल, शोभाकान्त पौडेल र यामकान्त खनालले नेतृत्वका लागि दाबी गर्नुभएको छ । सहमतिका आधारमा नेतृत्व चनयका लागि छलफल भइरहेको एमाले सचिवालय सदस्य राजेन्द्र डुम्रेले जानकारी दिए।