काठमाडौं, कात्तिक ११। वागमती प्रदेशमा आज नयाँ मुख्यमन्त्री नियुक्त हुँदैछन् । गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने निश्चित भएको छ । उनको सपथ ग्रहण पनि आजै हुनेछ । मुख्यमन्त्रीका लागि पाण्डेले बुधबार नै प्रदेश प्रमुख समक्ष दावी पेश गरिसकेका छन् ।
गठबन्धनका ४ वटा दलको समर्थनमा पाण्डेले मुख्यमन्त्री पदमा दावी गरेका हुन् । पाण्डेलाई नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस र जसपाको ५९ जना सांसदहरुको समर्थन रहेको छ । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष राजीनामा पेश गरेकी थिएन् ।
पाण्डेले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्दैछन् ।