Logo

लिभरपुल क्वाटरफाइनलमा, सिटी बाहिरियो



काठमाडौं, कार्तिक ११ ।  पछिल्लो ४ संस्करणको विजेता म्यानचेस्टर सिटी ईएफएल कपबाट बाहिरिएको छ । गएराति भएको खेलमा वेस्टहाम युनाइटेडसँग पेनाल्टी सुटआउटमा ५-३ गोलले पराजित हुँदै सिटी ईएफएल कपको प्रि(क्वाटरफाइनलबाटै बाहिरिएको हो ।

लन्डन रंगशालामा भएको खेलको निर्धारित र अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको हो । पेनाल्टी सुटआउटमा वेस्ट हामको लागि मार्क नोब्ले, जारोड बोवेन, क्राइग डाव्सन, एरोन क्रेसवेल र सेड बेन्रहमाले गोल गरे । सिटीबाट जोए कान्सेलो, गाब्रियल जेसस र ज्याक ग्रेएलिशले गोल गर्दा फिल फोडेन चुकेका थिए ।

यस्तै हिजै भएको अर्को खेलमा प्रेस्टोनलाई २-० गोलले हराउँदै लिभरपुल कपको क्वाटरफाइनलमा प्रवेश गरेको हो । लिभरपुललाई जित दिलाउन टाकुमी मिनामिनो र डिभोक ओरिगीले समान एकरएक गोल गरे । च्याम्पियनसिप क्लब प्रेस्टोनले पहिलो हाफमा लिभरपुललाई गोलरहित बराबरीमा रोकेपनि दोस्रो हाफमा दुई गोल बेहोरेको हो ।



प्रतिक्रिया दिनुहोस्