Logo

दिउँसै ३ तोलाको सुनको सिक्रि लुटपाट



नवलपरासी (पश्चिम), १५ कात्तिक । दिउँसै ३ तोलाको सुनको सिक्रि लुटपाट गर्ने २ जना पक्राउ परेका छन् । बर्दघाट नगरपालिका–१३ मौराटाडी बस्ने ५८ वर्षीया महिलाको ३ तोला ५० लाल बराबरको सुनको सिक्री लुटपाट गरेको अभियोगमा सुनवल नगरपालिका–१२ फरौली बस्ने १९ वर्षीय देवराज यादव समेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

सोही ठाउँमा पैदल हिँडिरहेको अवस्थामा लु.७४ प ४५०८ नम्बरको मोटरसाइकलमा आएका अपरिचित व्यक्तिहरूले महिलाले लगाएको उक्त सिक्री लुटि फरार भएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमबाट खटिएको प्रहरीले रामग्राम नगरपालिका–५ बुद्धचोकबाट उनीहरूलाई उक्त मोटरसाइकल र सिक्री सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्