Logo

भीम आचार्यले प्रदेश १ का प्रदेश प्रमुखलाई बुझाए राजीनामापत्र



काठमाडौं, १५ कात्तिक । प्रदेश १ का मुख्यमन्त्री पदबाट भीम आचार्यले राजीनामा दिदै प्रदेश प्रमुख सोमनाथ अधिकारीलाई पत्र बुझाएका छन् । आज प्रदेश प्रमुखको कार्यालयमा पुगी उनले राजीनामा पत्र बुझाएका हुन् ।

नेकपा एमालेका सचिव आचार्यले सरकार अल्पमतमा परेपछि राजीनामा दिएका हुन् । उनले राजीनामा दिएपछि नेकपा एकीकृत समाजवादीका प्रदेश १ का संसदीय दलका नेता राजेन्द्र राई मुख्यमन्त्री बन्ने तयारी अवस्थामा बसेका छन् ।



प्रतिक्रिया दिनुहोस्