काठमाडौं, १६ कात्तिक । सामलिङ्ग पावर कम्पनी लिमिटेडले आज आईपीओ बाँडफाँट गरेको छ । आईपीओ विक्रि प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आज बिहान आईपीओ बाँडफाट गरेको हो ।
कम्पनीले कात्तिक ४ गतेदेखि जारी गरेको आईपीओमा २१ लाख ९८ हजार ७६४ जनाको आवेदन परेको थियो । कुल आवेदकमध्ये ९ हजार ९८६ जनाको आवेदन योग्य नभएकोले रद्द गरिएको र योेग्य २१ लाख ८८ हजार ७७८ जना आवेदकहरुलाई एउटै समुहमा राखेर गोलाप्रथाबाट बाँडफाँट गरिएको एसबिआई मर्चेन्टले जनाएको छ । आज ६७ हजार ८९० जनाले १० कित्ताको दरले शेयर हात पारेका छन् ।
कम्पनीले सर्वसाधारणको लागि ७ करोड ३० लाख बराबरको ७ लाख ३० हजार कित्ता शेयर निष्काशन गरेको हो ।
कुल कित्तामध्ये १४ हजार ६ सय कित्ता कम्पनीको कर्मचारी, ३६ हजार ५ सय कित्ता सामुहिक लगानीकोष र बाँकी रहेको ६ लाख ७८ हजार ९ सय कित्ता सार्वजनिक निष्कासनमा ल्याएको हो ।