Logo

प्रचण्डको पछि लागेकोमा प्रभु साहलाई अहिले लाज लाग्यो



काठमाडौं, १६ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) केन्द्रीय सदस्य प्रभु साहले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको आलोचना गरेका छन् । आज पार्टीले चितवनको माडीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले प्रचण्ड हिजोको जस्तो नभएको टिप्पणी गरेका हुन् ।

उनले विगतमा प्रचण्डलाई आफूहरु साथ दिएको सम्झिँदापनि अहिले लाज लाग्ने गरेको सुनाए । उनले आफूहरुजस्तो असली माओवादीहरु एमालेमै रहेको सुनाए । उनले भने,‘हामीलाई पनि लाज हुन्छ हामी किन यस्ताका पछि लागेछौं, चुनाव लड्दा कम्युनिष्टका लागि भन्दै भोट माग्नुभयो, त्यसमा पाँच वर्ष पनि टिक्नु भएन ।’

 

 



प्रतिक्रिया दिनुहोस्