प्रदेश नम्बर १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले आफू नेतृत्वको मन्त्रिपरिषद् जम्बो नबन्ने बताएका छन् । उनले मध्यमस्तरको मन्त्रिपरिषद् बन्ने बताएका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले गठबन्धनको बीचमा कुनै विवाद नै नभएको पनि स्पष्ट पारेका छन् । उनले आफ्नो कार्यकालभित्रै प्रदेशको नामाकरण गरिने र यसमा सबैको साथ लिईने विश्वास लिए । उनले भने,‘प्रदेशको नाम राख्ने कुरा त त्यो दुईतिहाइले मात्र पारित गर्नुपर्ने विषय भएको हुँदा गठबन्धन र नेकपा (एमाले) समेतको सहमति गराउनुपर्नेछ । त्यसकारणले समय लाग्छ तर, मेरो कार्यकाल भित्र हुन्छ ।’ प्रस्तुत छ मुख्यमन्त्री राईसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :
सर्वप्रथम मुख्यमन्त्री बन्नुभएकोमा बधाई तथा सफलताको शुभकामना, अब मन्त्रिपरिषद जम्बो बनाउनुहुन्छ ?
बधाई तथा सफलताको लागि धन्यवाद, जम्बो बन्दैन् । न ठुलो न सानो मध्यमस्तरको मन्त्रिपरिषद् बन्छ ।
प्रदेश १ मा अब कुनै विवाद छैन् ? भागबन्डा मिलेको हो ?
छैन्, हामी गठबन्धन बीचमा कुनै विवाद छैन् । यो खासमा सत्ता साझेदारी भन्दापनि राजनीतिक उद्देश्यको लागि भएको हुँदा त्यस्तो समस्या पर्दैन ।
उसोभए गठबन्धनको बिचमा कुनै विवाद हुँदैन, तपाईंहरु मिलेर काम गर्नुहुन्छ ?
होइन्, भविस्यमा कुनै मुद्धामा छलफल र बहस हुनसक्ला । तर, त्यस्तो गठबन्धन नै टुट्ने खालको विवाद भने आउने छैन् ।
तपाईंले बीचमा फेरी मुख्यमन्त्री छोड्ने सम्भावना छैन् ?
त्यस्तो सम्भावना छैन् । पूर्ण कार्यकालको लागि म मुख्यमन्त्री बन्ने हो ।
१२ महिना तपाईंले काम गर्न पाउनुहुन्छ ?
हजुर, अब थप गर्ने संवैधानिक प्रवधान पनि रहेको छ । त्यसरी थपियो भने कार्यकाल बढ्ला, त्यसो भएन भने मेरो कार्यकाल १२ महिनाकै सेरोफेरो हो ।
उसोभए तपाईंले काम गर्नको लागि संवैधानिक रुपमा कार्यकाल बढाउन पनि सक्नुहुन्छ ?
यो केन्द्रले बढाउने कुरा हो । हामीले मात्र बढाउने कुरा होइन् । मैले त्यतातिर संकेत गरेको ।
प्रदेश सरकारको आयु संघीय सरकारले बढाउन सक्छ ?
हजुर, हो । निर्वाचन तोकिएको समयमा बनाउन सकिएन भने समय बढाउन सक्छ ।
प्रदेश १ का जनताले विकास र उन्नतीको धेरै आशा गरेका छन्, तपाईं ध्यान जनतातिर गएको छ ?
जनताप्रति ध्यान त सांसद हुँदा पनि थियो । त्यसअघि एउटा राजनीतिककर्मीको रुपमा पनि थियो । अनि अहिले मुख्यमन्त्री बन्दा पनि छ ।
तर, प्रदेश १ मा विकास भएको छैन्, जनताले सेवा÷सुविधा पाएका छैनन् नि होइन् ?
अब यो त अघिल्लो कार्यकालको सरकारलाई गर्नुपर्ने प्रश्न हो । यहाँले भनेको कुरामा म सहमत छु ।
तपाईंको नेतृत्वमा प्रदेश १ को सरकार अघी बढेको छ, अब प्रदेशको नाम कहिले राख्नुहुन्छ ?
त्यो दुई तिहाइले मात्र पारित गर्नुपर्ने विषय भएको हुँदा गठबन्धन र नेकपा (एमाले) समेतको सहमति गराउनुपर्नेछ । त्यसकारणले समय लाग्छ तर, मेरो कार्यकालभित्र हुन्छ ।
नेकपा (एमाले) सँग यस विषयमा सहमति होला ?
हजुर, नामको बारेमा हामी सहमतियुक्त नाम खोजेर नेकपा (एमाले)लाई समेत सहमत गराउँछौं ।
तपाईंले प्रदेश १ को समस्या देख्नुभएको छ ?
अब समस्या त थुप्रै छन् । खासगरी हाम्रो जस्तो देशमा विकास निर्माणका कामहरु कम मात्र रहेका छन् । त्यसमा जन अपेक्षाहरु धेरै हुन्छन् । त्यही एउटा महत्वपूर्ण चुनौती जनअपेक्षा पुरा गरेर विकास निर्माणका कामहरुलाई सम्पन्न गर्ने हो । हाम्रो बजेट एकदम सानो छ । त्यो बजेटले धेरै काम गर्न सकिँदैन् । बजेटको दायरालाई बढाउनुपर्ने एउटा चुनौति रहेको छ । त्यसपछि सानो बजेट पनि दुरूपयोग हुँदै आएको छ । त्यसलाई रोक्नुपर्ने छ । त्यसपछि कामको प्रथामिकतालाई पनि हेर्नुपर्ने छ । काम गर्नुपर्नेमा खर्च नगर्ने तर, खर्च नगर्नुपर्नेमा खर्च गर्नेजस्ता समस्या पनि रहेको छन् । शान्ति सु–ब्यवस्था कायम गर्नुपर्ने आवश्यकता पनि रहेको छ । अहिले भर्खरै बाढी÷पहिरो आएको हुँदा त्यसबाट पीडितहरुलाई कसरी राहत दिने भन्ने कुरा पनि छ । रोजगारीका समस्या पनि छन्, शैक्षिक संस्थाहरु अब्यवस्थित् छन् । त्यसलाई कसरी राम्रो बनाउने भन्ने विषय रहेको छ । यस्ता थुप्रै समस्याहरु रहेका छन् ।
प्रदेश १ मा त्यहाँ भ्रष्टाचार छ, प्रदेश १ का जनताले सुशासनको प्रत्याभुति पाएका छैनन् नि होइन् ?
हजुर हो । तर, यो समस्या प्रदेश १ मा मात्र होइन् । यो मुलुकभरकै समस्या हो ।
त्यसोभए त्यहाँ समस्याहरु छन्, जनताहरु धेरै पीडामा छन् । प्रदेश १ जटिलतातिर गएको हो ?
जनताहरु पीडामा छन् । अब विगतको तुलनामा जनताले केही राहत महसुस गर्दैछन् ।
प्रदेश १ मा तपाईंलाई नेपाली काँग्रेसको पूर्ण समर्थन छ ?
पुरापुर समर्थन रहेको छ । नेपाली काँग्रेसको साथ र समर्थन नभएको भए यो सरकार बन्नसक्ने अवस्था थिएन । म मुख्यमन्त्री बन्ने अवस्था थिएन् ।
त्यसोभए नेपाली काँग्रेस र नेकपा (एकिकृत समाजवादी पार्टी)को बीचमा सहकार्य अगाडि बढेको हो ?
हो, हाम्रो सहकार्य अगाडी बढ्यो र यो बढिरहनेछ ।
चुनावसम्म तपाईंहरु मिलेर जाँनुहुन्छ ?
चुनावसम्म सरकार पनि मिलेर अगाडी बढ्छ, अब चुनाव पछि पनि मिलेरै जाने अथवा चुनाव पनि मिलेर लड्ने, त्यसपछिको सरकारमा पनि मिलेरै अगाडी बढ्ने अवस्था हुन्छ ।
चुनावसम्म तपाईंहरु बिचमा कुनै समस्याहरु आउँदैन् ?
साना–तिना समस्याहरुमा कहिलेकाहीँ छलफल होला । तर, गठबन्धननै भत्किने खालको दरार आउँदैन् ।
प्रदेश १ मा राजनीतिक अस्थिरता छैन् ?
त्यस्तो छैन् । किन भने अहिले हामी सुझबुझपूर्ण रहेका नेताहरुको बिचमा गठबन्धन गरेका छौं । त्यस्तो अवस्था आउँदैन् ।
प्रदेश १ मा भागबन्डा मिलाउनको लागि मन्त्रालय फुटाउने अवस्था आउँछ ?
अब यसमा के छ भने संविधानले दिएको प्रवधानभित्र रहेर केही कामको भारलाई कम गर्नको लागि थोरै मन्त्रिपरिषदको संख्या बढाउनुपर्ने अवस्था रहेको छ ।
उसोभए प्रदेश १ मा मन्त्रालय फुट्ने भयो होइन् ?
हिजो गाभिएर राखिएको थियो । त्यसलाई अब सही ठाउँमा राख्ने हो । त्यसो गर्दा बिभाजन गर्नुपर्छ ।
कतिवटा मन्त्रालय विभाजन गर्दैहुनुहुन्छ ?
९ देखि ११ सम्म होला ।