काठमाडौं, १८ कार्तिक । नेकपा (एमाले) का उपाध्यक्ष डा. भीम बहादुर रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले आफू र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले एमीसी पारित गराउने भनेर पत्र पठाएको भनेर गरेको खुलासापछि उक्त पत्र सार्वजनिक गर्न माग गरेका छन् ।
प्रधानमन्त्री देउवाले बेलायत भ्रमण सम्पन्न गरेर स्वदेश फर्किने क्रममा आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै यस्तो बताएका थिए । रावलले सामाजिक सञ्जाल ट्विटरमार्फत राष्ट्रघाती प्रावधान भएको सम्झौताबारे पठाईएको पत्र तुरुन्त सार्वजनिक गरिनुपर्ने माग गरेका छन् । उनले यस्तो विषयमा गोप्य पत्राचार गरिनु पनि देशघात भएको टिप्पणी गरेका छन् ।
उनले लेखेका छन्-बेलायतमा जलवायु सम्मेलनमा भाग लिई फर्किनासाथ प्रमं देउवाले एमसीसी पारित गराउने भनी आफु र प्रचण्डले पत्र पठाइसकेको खुलासा गर्नुभयो।राष्ट्रघाती प्रावधान भएको सम्झौताबारे पठाइएको पत्र तुरून्त सार्वजनिक गरियोस्।यस्तो विषयमा गोप्य पत्राचार देशघात हो। प्रचण्डको पत्र के हैसियतले पठाइयो? ”
बेलायतमा जलवायु सम्मेलनमा भाग लिई फर्किनासाथ प्रमं देउवाले एमसीसी पारित गराउने भनी आफु र प्रचण्डले पत्र पठाइसकेको खुलासा गर्नुभयो।राष्ट्रघाती प्रावधान भएको सम्झौताबारे पठाइएको पत्र तुरून्त सार्वजनिक गरियोस्।यस्तो विषयमा गोप्य पत्राचार देशघात हो। प्रचण्डको पत्र के हैसियतले पठाइयो?
— Dr. Bhim Rawal (@BhimRawal179) November 4, 2021