Logo

मलद्वारमा लुकाएर ल्याएको सुनसहित भारतीय नागरिक पक्राउ



काठमाडौं, २४ कात्तिक । आधा किलो सुनसहित प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एकजना भारतीय नागरिक पक्राउ परेका छन् । मलद्वारमा लुकाएर ल्याएको सुनसहित फ्लाई दुवईको उडानमार्फत दुबईबाट आएका भारतका महमद जुहेवलाई प्रहरीले पक्राउ गरेको हो ।

दुबईबाट सुन लिएर आएको उजुरीको आधारामा प्रहरीले ट्वाइलेट गराएर जुहेवले मलद्वारमा लुकाएको आधा किलो सुन बरामद गरेको हो । जुबेदले एक्सरे मेशिनले रिड नगर्नेगरी जलप लगाएर सुन ल्याएका थिए ।

जुवेदको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा स्वास्थ्य परीक्षण गरिएको छ । उनले दुईवटा डल्ला सुन मलद्वारमा लुकाएर ल्याएका हुन् ।



प्रतिक्रिया दिनुहोस्