Logo

नक्कली नोट सहित २ जना पक्राउ



कैलाली, २६ कात्तिक । नक्कली नोट सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बर्दगोरिया गाउँपालिका–२ बौनिया गाँउबाट १ हजार दरको ४० थान नक्कली नोट सहित २ जना बिहीबार साँझ पक्राउ परेका हुन्। पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ३१ वर्षीय मोतिराम चौधरी र ४१ वर्षीय हसन चौधरी रहेका छन् ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको नक्कली नोट सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्