Logo

सांसद मोहम्मद अफताबको मुद्दाको पेशी आज



काठमाडौं, २६ कात्तिक । आज प्रधानन्यायाधीश चोलेन्द्र शमशर जबराले रौतहट नरसंहार काण्डका आरोपी तथा नेपाली कांग्रेसका सांसद मोहम्मद अफताब आलमको मुद्दाको पेशी तोकेका छन् ।

कानुन व्यवसायीहरुले मुल गेटमा बसेर जबराको राजीनामा माग गर्दै धर्ना दिइरहेको अवस्थामा आलमको मुद्दासहितको पेशी तोकेका हुन् ।
आलमको मुद्दा न्यायाधीशहरु दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासको सुचीमा उल्लेख छ ।

कांग्रेसका नेता आलमले आफ्नो निवास नजिकै बम बनाउने क्रममा बिस्फोट भएर ८ जना घाइते भएका थिए । ति सबै घाइतेलाई जिउँदै आगोमा जलाएको अभियोगमा उनी ०७६ साल असोज देखि उनी प्रहरीको हिरासतमा छन् ।



प्रतिक्रिया दिनुहोस्