Logo

एमाले महाधिवेशन प्रतिनिधि निर्विरोध



रामपुर (पाल्पा), २८ कात्तिक: नेकपा (एमाले)को दशौँ महाधिवेशनका लागि पाल्पामा निर्विरोध महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।आउँदो मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनका लागि क्षेत्र नं १ बाट झपेन्द्रबहादुर जिसी, राधाकृष्ण कँडेल, देवीलाल लामिछाने, बिमलप्रसाद काफ्ले, कुविजा अर्याल र सरस्वती भट्टराई निर्विरोध चयन भएका छन् ।

क्षेत्र नं २ बाट अशोककुमार शाही, रामबहादुर राउत, मोहन थापा मगर, ओमबहादुर घर्तिमगर, नविन थापा, नारायणी शर्मा, गीता पाण्डे तथा उत्पिडिततर्फ ठाकुर लोहागुन र दीपक विश्वकर्मा चयन भएको जिल्ला अध्यक्ष नारायणप्रसाद आचार्यले बताए । महाधिवेशन प्रतिनिधिका लागि आकाङ्क्षी धेरै रहेपनि सर्वसम्मत रुपमा नेतृत्व चयन गरिएको हो ।

केन्द्रीय नेतृत्वमा रहेका तीन महाधिवेशन प्रतिनिधि पनि चयन भएका छन् । केन्द्रीय सदस्य दलबहादुर राना, ठाकुर गैरे र केन्द्रीय लेखा आयोगका सदस्य धनेन्द्रराज घिमिरे महाधिवेशन प्रतिनिधि चयन भएका हुन् । उक्त दलले यसअघि नै जिल्लाका दशवटै पालिका र ८१ वटा वडामा पनि सर्वसम्मत् रुपमा नेतृत्व चयन गरेको थियो ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्