Logo

गोरखामा पनि प्रधानन्यायाधीश विरुद्ध उत्रिए वकिलहरु



गोरखा २८ कात्तिक । नेपाल बारले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै गरीरहेको आन्दोलनमा गोरखाका कानुन व्यवसायीहरुले एक्यवद्धता जनाउँदै धर्ना दिएका छन् । गोरखा जिल्लाका सबै कानुन व्यवसायीहरु आज हातमा कालो पट्टी बाँधेर धर्ना दिएका हुन् ।

कानुन व्यवसायीहरु जिल्ला अदालत गोरखा परिसरमा धर्ना बसेका थिए । न्यायालयको गरिमा राख्न नसकेको, भ्रष्टाचार मौलाउन सहयोग गरेको जस्ता आरोप लगाउँदै प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आएका छन् ।

प्रधानन्यायाधीश जबरालाई कार्यालयमा प्रवेशमा रोक लगाउने भन्दै बार आन्दोलनमा उत्रदै गर्दा उनीहरु बारको विरोध गर्न अदातलमा पुगेका थिए । जबराको समर्थनमा उत्रिए पछि उनीहरुलाई प्रहरीले तुरन्तै पक्राउ गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्