Logo

प्रधानन्यायाधीश जबराले तोकेको बेन्चमा बसेर सुनुवाइ नगरिदिनु: नेपाल बार



काठमाडौं, २९ कात्तिक । सर्वोच्च अदालतका न्यायाधीशहरुलाई नेपाल बार एसोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले तोकेको बेन्चमा नबस्न आग्रह गरेको छ ।

करीब २० दिनदेखि जबराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रेको बारले जबराले तोकेको बेन्चमा बसेर सुनुवाइ नगर्न न्यायाधीशहरुलाई आग्रह गरेको हो ।

बारका महासचिव लीलामणि पौडेलद्धारा हस्ताक्षर गरिएको विज्ञप्तीमा भनिएको छ, ‘प्रधानन्यायाधीशको राजीनामा माग गरि बेञ्चमा नबस्न, बेञ्च नतोक्न भनि माग गरिरहेको र नीजले सम्मानित संस्था र सम्मानित पदको दुरुपयोग गरि समग्र न्यायपालिकाको गरिमा, जनआस्था धुलीसात पारेकोले सबैको विश्वास गुमाएको नीजले तोकेको बेञ्चमा बसी सुनुवाई नर्गनुहुन निर्णयानुसार हार्दिक अनुरोध गर्दछौ ।’ File photo



प्रतिक्रिया दिनुहोस्