Logo

महिला विश्वकप छनोटः हङकङको सामना गर्दै नेपाल



काठमाडौं, मङ्सिर ६ । नेपाली महिला क्रिकेट टोलीले आईसीसी महिला टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गत एसिया छनोटको पहिलो खेलमा अर्को बलियो टोली हङकङको सामना गर्दैछ ।

दुबईको आईसीसी क्रिकेट एकेडेमीमा नेपालले हङकङसँग नेपाली समय अनुसार सोमबार बिहान ११ः१५ बजे खेल्नेछ । ६ टोली सहभागी प्रतियोगितामा नेपाल बलियो टोली हो । यद्यपि हङकङ नेपाललाई रोक्ने दाउमा हुनेछ । नेपाल भने प्रतियोगिता जित निकाल्दै सुखद् सुरुआत गर्ने दाउमा हुनेछ ।

यस छनोटको विजेताले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन् । छनोट अन्तर्गत नै नेपालले दोस्रो खेल भुटानविरुद्ध मंगलबार खेल्ने छ । तेस्रो खेलमा कुवेतविरुद्ध बिहीबार प्रतिस्पर्धा गर्नेछ । चौथो खेल शुक्रबार मलेसियासँग हुँदा पाँचौ खेल आयोजनक युएईविरुद्ध आइतबार हुनेछ ।

नेपालले पछिल्लो पटक सन् २०१९ मा हङकङसँग खेलेको थियो । जनु खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो । प्रतियोगिताको तयारी लागि नेपाली टोलीले बंगलोदशलमा एक हप्ताको तयारी गरेको थियो भने कतारसँग तिन टी–ट्वान्टी शृंखला खेलेको थियो । घरेलु टोली कतारमाथि नेपालले शृंखला ‘क्लिन स्विप’ गरेको थियो ।

नेपाली महिला टोलीः



प्रतिक्रिया दिनुहोस्