Logo

कतारमा हुने विश्वकपमा इटाली र पोर्चुगल एकै समूहमा



काठमाडौं, ११ मंसिर । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकपमा इटाली र पोर्चुगल एकै समूहमा परेका छन् ।

फिफा विश्वकपका लागि युरोपियन छनोटको प्लेअफको समूह विभाजन भएको छ ।

शुक्रबार भएको फिफा विश्वकपका समूह विभाजन अनुसार युरो विजेता इटाली र पोर्चुगल एकै समूहमा परेका हुन् ।

प्लेअफको समूह विभाजन अनुसार इटाली र पोर्चुगल समूह ‘सी’ रहेका छन् ।

खेल तालिका अनुसार प्लेअफको पहिलो खेल जित्ने टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।

यस्तै प्लेअफको समूह ‘ए’ मा वेल्स, अष्ट्रिया, स्कटल्याण्ड र युक्रेन रहेका छन् ।

समूह ‘बी ’मा रुस, स्विडेन, पोल्यान्ड र चेक रिपब्लिक रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्