Logo

अध्यक्षसहित सबै पदमा सर्वसम्मत हुन्छ : योगेश भट्टराई



चितवन, ११ मङ्सिर: नेकपा (एमाले)का प्रचार विभाग प्रमुख योगेश भट्टराईले अध्यक्षसहित सबै पदमा सर्वसम्मत हुने बताएका छन् । एमालेको १० औ महाधिवेशनको बन्दसत्रस्थल सौराहामा पत्रकारहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘अध्यक्षसहित सबै पदमा सर्वसम्मत हुन्छ। एकताको सन्देश दिन पनि त्यो जरुरी छ ।’

पार्टीका उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेदवारी घोषणा गरेर चुनावी मैदानमा होमिएका बेला भट्टराईले शीर्ष नेताहरूलाई योग्यता र क्षमताका आधारमा पद बाँडफाँट गरी सर्वसम्मत नेतृत्व चयन गर्ने विश्वास व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस्