काठमाडौं, १२ मंसिर । काठमाडौंको बाग्मती नदीमा एक महिलाको शव भेटिएको छ । टेकुस्थित कालोपुल नजिकै बाग्मतीमा गाडिएको अवस्थामा महिलाको शव भेटिएको प्रहरीले जनाएको छ ।
करिब ४० वर्षकी महिलाको शव भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । शवको हालसम्म पहिचान खुल्न सकेको छैन् । शव पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ ।