काठमाडौं, १५ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन सुरु भएको छ । आजबाट सुरु भएको महाधिवेशनले निकै महत्व पाएको छ । अध्यक्ष कमल थापालाई सांसद राजेन्द्र लिङ्देनले अध्यक्षमा चुनौती दिएपछि राप्रपा महाधिवेशन रोचक बनेको छ ।
राप्रपामा नेताहरु थापा र लिङ्देनको पक्षमा बाँडिएका छन् । अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी लिङ्देनको पक्षमा खुलेका छन् । उनलाई दोस्रो र तेस्रो तहका नेताहरुको उल्लेख्य साथ छ ।
अध्यक्ष कमल थापालाई दिपक बोहरा, ध्रुवबहादुर प्रधान, दिपक बोहरालगायतले खुलेर साथ दिएका छन् ।
लिङ्देनलाई अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, डा. धवलशमशेर राणा, टंक ढकाल, दुर्गा श्रेष्ठ, सगुन लावती, दिलनाथ गिरी, रवीन्द्रप्राप शाह, राजाराम श्रेष्ठ, मोहन श्रेष्ठ जस्ता नेताहरुको साथ छ ।
अध्यक्ष पशुपति शमशेर जबरलो निर्वाचन प्रक्रियाबाट बाहिरिएको घोषणा गरिसकेका छन् । तर, उनी पक्षधर सगुन लावतीलगायत लिङ्देनको पक्षमा खुलेका छन् ।