Logo

राप्रपा महाधिवेशनः आजदेखि नेतृत्व चयन प्रक्रिया सुरु



काठमाडौँ, १६ मङ्सिर। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ नेतृत्व चयनको प्रक्रिया आजदेखि सुरु हुँदैछ । राप्रपाको एकता बुधबारबाट सुरु भएको महाधिवेशन अन्तर्गत बिहीबार निर्वाचन प्रक्रिया आजदेखि सुरु हुने भएको हो ।

अध्यक्ष पदमा राजेन्द्र लिङदेन र कमल थापाले उम्मेदवारी घोषणा गरेका छन् । राप्रपाका अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले भने लिङ्देनलाई समर्थन गरेका छन् । अर्का अध्यक्ष पशुपतिशम्शेर जबरा भने कतैपटि पनि खुलेका छैनन् ।

उनले पार्टी एकताका लागि सहमतिको आधारमा नेतृत्व चयन गर्नुपर्ने बताउँदै आएका थिए । थापा र लिङ्देन दुवैले राजसंस्था र हिन्दुराज्य पुनर्स्थापना तथा संघीयता खारेजीको एजेन्डा अघि सारेका छन् ।

काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र सुरु भएको थियो । देशभरबाट ४२ सय प्रतिनिधिहरू सहभागी रहेको बन्दसत्रमा अध्यक्ष थापाले राजनीतिक कार्यपत्र, अर्का अध्यक्ष जबराले सामाजिक कार्यपत्र र डा. लोहनीले आर्थिक कार्यपत्र प्रस्तुत गरेका थिए ।

महाधिवेशनबाट अध्यक्ष, उपाध्यक्ष, महामन्त्रीसहित एक सय ४१ जना निर्वाचित हुनेछन् । पार्टी अध्यक्षले सातजना सहमहामन्त्री, सातजना सहायक महामन्त्री, एकजना कोषाध्यक्ष, प्रवक्ता, सहप्रवक्ता, सहायक कोषाध्यक्षसहित ५० जना मनोनित गर्न पाउने राप्रपाको विधानमा व्यवस्था छ ।



प्रतिक्रिया दिनुहोस्