Logo

कमल थापामाथि राजेन्द्र लिङ्देनको अग्रता



काठमाडौं, १९ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षको प्रतिष्पर्धा रोचक बन्दै गएको छ । कमल थापालाई एक सय मतले पछि पार्दै राजेन्द्र लिङ्देनले अग्रता हासिल गरेका छन् ।

दुई हजार मत गन्दा लिङ्देनले सय मतको अग्रता हासिल गरेका छन् । मतको ट्रेन्ड हेर्दा लिङ्देन जित्ने सम्भावना बढेर गएको छ ।

वर्तमान अध्यक्ष कमल थापालाई सांसद लिङ्देनले पराजित गर्न सक्ने आँकलन गरिएको थियो । उनलाई अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, प्रभावशाली नेता विक्रम पाण्डेलगायतको समर्थन प्राप्त छ ।

थापालाई बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधानलगायतको समर्थन छ ।



प्रतिक्रिया दिनुहोस्