Logo

राप्रपामा को को जिते (सुचीसहित)



काठमाडौं, १९ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीमा राजेन्द्र लिङ्देन अध्यक्षमा निर्वाचित भएका छन् । नेपालको राजनीतिक मूलधारको ठूलो दलमा पहिलोपटक जनजाति निर्वाचित अध्यक्ष भएका छन् ।

उनले लामो राजनीतिक अनुभव बटुलेका कमल थापालाई पराजित गरेका हुन् । उपाध्यक्षमा लिङ्देन प्यानलका एक र थापा प्यानलका तीनजना विजयी भए । महामन्त्रीमा लिङ्देन पक्षका एक र थापा पक्षका दुईजना विजयी भए ।

राप्रपामा विजयीहरु
राजेन्द्र लिङ्देन, अध्यक्ष, १८४४
विक्रम पाण्डे उपाध्यक्ष, २५२१
बुद्धिमान तामाङ, उपाध्यक्ष, १९४४
ध्रुवबहादुर प्रधान, उपाध्यक्ष १८१४
रोशन कार्की, उपाध्यक्ष, १५८९
डा. धवल शमशेर राणा, महामन्त्री, २२२१
भुवनकुमार पाठक, महामन्त्री, १७०५
कुन्ती शाही, महामन्त्री, २००८



प्रतिक्रिया दिनुहोस्