काठमाडौं, १९ मंसिर । नेपाल बिद्यार्थी संघले ग्रामीण बहुमुखी क्याम्पसका विद्यार्थी नेताहरुमाथि भएको साङ्घातिक आक्रमणको घोर भर्त्सना गर्दै घटनामा सम्लग्नहरुलाई तत्काल कारवाहीको माग गरेको छ । गत शुक्रबार क्याम्पस परिसरमा नेविसंघका नेताहरुमाथि विप्लवनिकट अखिल क्रान्तिकारीका विद्यार्थीहरुले आक्रमण गरेका थिए । त्यसलगत्तै शनिबार नेविसंघका अध्यक्ष राजीव ढुँगानाले घटनाको विरोध गर्दै विज्ञप्ती जारी गरेका हुन् ।
आक्रमणबाट विद्यार्थी नेताहरु सौरभ घिमिरे, माधव बजगाईं, प्रदिप जंग शाह, महेश पौडेललगायत घाइते भएका छन् । योजनाबद्ध ढंगले क्याम्पस प्राङ्गणमा बिप्लब समुहले आक्रमण गरेको घाइते विद्यार्थीहरुले आरोप लगाएका छन् ।
शैक्षिक स्थल बहुबलको प्रयोग गर्ने थलो होइन, विचारको द्धन्दान्त्मक स्थल हो भन्दै आक्रमणमा संलग्नहरु माथिहदै सम्मको कानुनी कारवाही गर्नुपर्ने समेत नेविसंघले धारणा राखेको छ ।
क्याम्पस हाताभित्र अनाधिकृत प्रवेश गरी द्धन्द्ध बढाउने गतिििवधि गर्दै आम विद्यार्थीहरुले सो को विरोध जनाउँदा बाहिरीएको उक्त समुह त्यसको केही समय पश्चात ३०–४० जनाको समुहमा आई नेविसंघका नेताहरुमाथि साङ्घातिक आक्रमण गरेको भन्दै शैक्षिक क्षेत्रमा वैचारीक राजनीति नगरी भौतिक आक्रमणमा उत्रिनु दुखद र निन्दनिय भएको नेविसंघले जनाएको छ ।