काठमाडौं, २० मंसिर । नेपाली काँग्रेसको संस्थापनइतर समूहले साझा उम्मेदवार टुंगो लगाउने गरी छलफल गर्ने भएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलको बोहराटारस्थित निवासमा सभापतिका आकांक्षी ४ जनाबीच छलफल चलेको हो ।
पौडेलले साझा उम्मेदवारका लागि विकल्पसहित प्रस्ताव गर्ने बुझिएको छ । उनले सुरुमा एकपटक आफूलाई सबैले साथ दिन आग्रह गर्ने र नभए महामन्त्री डा. सशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइराला बसेर सहमति बनाउन आग्रहसहित प्रस्ताव तयार गरेको निकट स्रोतले बताएको छ ।
कोइराला परिवारभित्रबाट शेखरको नाममा लगभग सहमति बनेको र त्यसपछि उनले सिंहसँग निर्णायक कुराकानी गरेर टुंगो लगाउने बुझिएको छ ।
यसैगरी, सभापतिको उम्मेदवारी घोषणा गरेका नेता सिंहले मङ्गलबार विहान ८ बजेबाट नेता कार्यकर्ता भेटघाटका लागि सिंहदरबारको पश्चिम गेटतर्फको यलम्बर पार्टी प्यालेसमा सम्पर्क कार्यालय खोेलेका छन् ।