काठमाडौं, २२ मंसिर । च्याम्पियन्स लिग फुटबलमा म्यानचेस्टर सिटी लाइपजिगसँग पराजित भएको छ ।
समूह चरणको अन्तिम खेलमा सिटी लाइपजिगसँग २–१ गोल अन्तरले पराजित भएको हो ।
खेलको २४ औं मिनेटमा डोमिनिकले गोल गर्दै लाइपजिगलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ७१ औं मिनेटमा आन्द्रे सिल्भाले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।
खेलको ७६ औं मिनेटमा रियाद महरेजले एक गोल फर्काए तर, सिटी हारबाट जोगिन सकेन ।
सिटीले ६ खेलमा १२ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ ।
यस्तै, ७ अंक जोडेको लाइपजिग तेस्रो स्थानमा छ ।