Logo

राप्रपा अध्यक्ष लिङ्देनको प्रस्ताव : अब राष्ट्र प्रमुखको रुपमा राजसंस्थाको व्यवस्था गरौं (भिडिओसहित)



काठमाडौं, २४ मंसिर । राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीति र नेताहरुप्रति जनताको सम्मान बढाउनेगरि काम गर्नुपर्नेमा जोड दिएका छन् । उनले अहिले सरकार सरकारजस्तो नभएको, संसद् संसद्जस्तो नभएको र अदालत अदालतजस्तो नभएको पनि टिप्पणी गरे ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा शुभकामना दिने क्रममा अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् । उनले यी सबैलाई राजनीतिले ठीक लगाउने बताए । उनले आज नेताहरुप्रति जनताको विश्वास मरेको अवस्था रहेको सुनाए । २०४७ सालपछि देशमा बनेका कुनैपनि सरकारले पूरा कार्यकाल पूरा गर्न नसकेको सुनाए ।

उनले अहिले विद्यमान रहेका सबै दल ठीक ठाउँमा बसे सबै सुधार गर्न सकिने बताए । उनले अब राष्ट्र प्रमुखको रुपमा राजसंस्था, जनताले सोझै निर्वाचित गर्ने प्रधानमन्त्री र पूर्ण समानुपातिक संसद् र संसद्ले मन्त्री हुन नपाउने नयाँ व्यवस्था लागु गरेर जानुपर्नेमा जोड दिए ।



प्रतिक्रिया दिनुहोस्