एजेन्सी, २५ मङ्सिर। एसेज श्रृङ्खला अन्तर्गतको पहिलो टेष्ट अष्ट्रेलियाले नौ विकेटले जितेको छ । ब्रिस्वेनमा इंग्ल्याण्डले दिएको २० रनको लक्ष्य अष्ट्रेलियाले चौथो दिनको खाना समय अगावै एक विकेट गुमाएर भेटाउन सफल भयो ।
पहिलो पारीमा इंग्ल्याण्डलाई एक सय ४७ रनमा अलआउट गरेको अष्ट्रेलियाले चार सय २५ रन बनाएको थियो । दोस्रो पारीमा पनि उत्कृष्ट प्रदर्शन गर्दै अष्ट्रेलियाले इंग्ल्याण्डलाई दुई सय ९७ रनमा अलआउट गरे पनि जम्मा २० रनको लक्ष्य पाएको थियो । दोस्रो पारीमा इंग्ल्याण्डका डेविड मलानले ८२ र कप्तान जोय रुटले ८९ रन बनाएका थिए ।
बलिङतर्फ अष्ट्रेलियाका नाथन लायनले चार, क्यामरन ग्रिन र प्याट कमिन्सले दुई/दुई तथा मिचेल स्टार्क र जोस हजलउडले एक/एक विकेट लिए । जितसँगै अष्ट्रेलियाले पाँच खेलको श्रृङ्खलामा १–० को अग्रता बनाएको छ ।-Photo: Agency