काठमाडौं, २६ मंसिर । नेपाल एसबिआई बैंक र प्रोग्रेसिभ फाइनान्सबीच सम्झौता भएको छ । फाइनान्सका ग्राहकलाई आवश्यकता पर्ने गैरकोषमा आधारित बैंकिङ सुविधा उपलब्ध गराउन दुई कम्पनीबीच सम्झौता गरेको हो ।
सम्झौताअन्तर्गत फाइनान्सका ग्राहकले बैंकमार्फत लेटर अफ क्रेडिट, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट असेप्टेन्स, लोकल बैंक ग्यारेन्टी आदि सुविधा प्राप्त गर्न सक्नेछन् ।
सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम तथा फाइनान्सका नायब प्रमुख कार्यकारी अधिकृत महेश्वर पहारीबीच सम्झौता भएको हो ।