Logo

एक-अर्कालाइ भोट माग्दै सभापतिका उम्मेदवार प्रकाशमान र केन्द्रीय सदस्यकी उम्मेदवार डा. आरजु



काठमाडौं, २६ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन जारी छ । आज उम्मेदवारी फिर्ताको समय एक घन्टा बढाइएको छ । यसअघि आइतबार बिहान साढे ११ बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकिएको थियो ।

अब साढे १२ बजेसम्म उम्मेदवारी फिर्ताको समय थप गरिएको निर्वाचन समितिले जानकारी दिएको छ । उम्मेदवारी फिर्ता गर्न चाहनेको संख्या ठूलो भएकाले समय थप गरिएको निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए । दिउँसो १ बजेसम्म अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन समितिले जनाएको छ ।

यता विभिन्न पदमा उम्मेद्धवारी दिएका उम्मेद्धवारहरु भने महाधिवेशनस्थलमा भोट माग्न व्यस्त भएका छन् । रोचक संयोग त के भने सभापतिका उम्मेदवार प्रकाशमान सिंह र केन्द्रीय सदस्यकी उम्मेदवार डा. आरजु राणा देउवाले पनि एकले अर्कोलाई भोट मागेका छन् । प्रकाशमानका सहयोगी युपी लामिछानेले भर्खरै सार्वजनिक गरेको तस्विरमा सिंह र राणाले एक अर्कालाई भोट मागेको देखिएको छ ।

राणाले केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएकी छन् । कांग्रेसमा चार हजार ७४३ महाधिवेशन प्रतिनिधि रहेका छन्। आरजुले आफ्ना पति शेरबहादुर देउवाको प्यानलबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएकी छन् । उनी पार्टीमा लोकप्रिय महिला नेतृको रुपमा परिचित छिन् । उनले भारतको पञ्जाब विश्वविद्यालयबाट विद्यावारिधिसमेत गरेकी छिन् ।

डा.आरजुले गराइन् केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता

 



प्रतिक्रिया दिनुहोस्