काठमाडौं, २७ मंसिर । नेप्सेमा आज उच्च अंकको गिरावट आएको छ । शेयर बजारमा आज ३ अर्ब ९९ करोड ५६ लाख ४ हजार रुपैयाँको शेयर कारोबार भएको छ । सोमबार सबैभन्दा धेरै नविल बैंकको शेयर कारोबार भएको छ । बैंकको आज १८ करोड ३ लाख रुपैयाँको कारोबार भएको हो ।
नेप्सेको अनुसार आज नेशनल हाइड्रोपावर कम्पनीको १३ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, हिमालयन डिष्टिलरीको १२ करोड ८ लाख, मञ्जुश्री फाइनान्स कम्पनीको १० करोड ९२ लाख, महालक्ष्मी विकास बैंकको १० कोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।