Logo

सानिमा बैंकको नयाँ शाखा अब बलम्बुमा



काठमाडौं, २७ मंसिर । सानिमा बैंकले थप एक नयाँ शाखा विस्तार गरेको छ । बैंकले काठमाडौंको बलम्बुमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । नयाँ शाखाको उद्धघाटन बैंकका अध्यक्ष तुक प्रसाद पौडेल र ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले सयुक्त रुपमा गरेका हुन् ।

कार्यक्रममा बैंक अध्यक्ष पौडेलले ग्राहक र सरोकारवालाहरूप्रति कृतज्ञता व्यक्त गर्दै थप गुणस्तरीय सेवा दिन प्रतिबद्ध रहेको बताए ।

हालसम्म बैंकले ११८ शाखा र ९७ वटा एटिएम मार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा दिँदै आएको छ ।

 



प्रतिक्रिया दिनुहोस्