काठमाडौं, २८ मंसिर । इंग्लिस प्रिमियर लिगका फुटबलमा ४२ जनामा कोभिड १९ को संक्रमण देखिएको छ ।
प्रिमियर लिगमा पछिल्लो पटक गरिएको परिक्षणमा खेलाडी र पदाधिकारी गरि ४२ जनामा कोभिड संक्रमण देखिएको हो ।
प्रिमियर लिगका ब्राइटन, टोटेनहम, लेष्टर सिटी, म्यानचेस्टर युनाईटेड, एस्टन भिल्ला र नर्विच सिटीका खेलाडी र पदाधिकारीमा कोभिड देखिएको हो ।
यसैकारण युनाईटेड र ब्रेन्टफोर्डबीचको खेल स्थगित भएको छ ।
युनाईटेडका खेलाडीमा कोभिड १९ को संक्रमण देखिएपछि ओल्ड ट्राफोर्डमा तय खेल स्थगित गरिएको हो ।
युनाईटेडले मंगलबार ब्रेन्टफोर्डविरुद्ध खेल्ने तालिका रहेको थियो ।
कोभिड पोजेटिभ देखिएको खेलाडीलाई घरमै सेल्फ आईसोलेसनमा पठाईएको छ ।
कोभिडकै कारण यस अघि टोटेनहम र ब्राइटनबीचको खेल समेत स्थगित भएको थियो ।