काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनमा सभापति चयनको लागि दोस्रो चरणमा मतदान हुने भएको छ। दोस्रो चरणमा शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच चुनाव हुने भएको छ ।
यसअघि सभापतिका उम्मेद्धवारहरु प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याणकुमार गुरुङले दोस्रो चरण्को निर्वाचनमा देउवालाई सघाउने घोषणा गरिसकेका छन् ।
तर, कोइरालाले भने देउवासँग चुनाव लड्ने घोषाा गरिसकेका छन् । कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले कोइराला देउवासँग चुनाव लड्ने बताउँदै त्यसको लागि अहिले हात्तिसारस्थित् होटल अर०यमा पत्रकार सम्मेलन गर्न लागिएको जनाए ।
पहिलो चरणको निर्वाचनमा देउवाले २२५८, कोइरालाले १७०२, सिंहले ३७१, निधिले २५० र गुरुङले २२ मत ल्याएका थिए ।