Logo

३०० मत गणना गर्दा देउवालाई १७४ र शेखर कोइरालालाई १२४ मत प्राप्त (लाईभ-अपडेट)



काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसको सभापतिको लागि भएको दोस्रो चरणको निर्वाचनको सुरुवाती मतपरीणाम आउन थालेको छ। सुरुवाती मतपरीणाममा सभापतिका उम्मेद्धवार शेरबहादुर देउवाले अग्रता बनाएका छन् ।

तीन सय मत गणना हुँदा शेरबहादुर देउवाले १७४ मत हाँसिल गरेका छन् । डा. शेखर प्रसाद कोइरालाले १२४ मत प्राप्त गरेका छन् । दोस्रो चरणमा खसेको कुल मतसंख्याका आधारमा अब कांग्रेस सभापतिमा निर्वाचन हुन २२८२ मत आवश्यक पर्छ । अहिले मतगणना जारी छ ।

 



प्रतिक्रिया दिनुहोस्