Logo

कांग्रेस संस्थापन इतर समूहको नेतृत्व काइरालाको हातमा



काठमाडौं, मंंसिर २९ । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएका सबै प्रक्रिया सकिएसँगै कांग्रेस राजनीतिभित्रको एउटा पाटो फेरि कोइराला परिवारमै फर्किएको छ ।

१३औं महाधिवेशनमा कांग्रेसको केन्द्रीय सदस्य बनेका नेता डा शेखर कोइराला १४औं महाधिवेशनमा सभापतिको रेसमा दोस्रो स्थान प्राप्त गरेसँगै कांग्रेसभित्रको संस्थापन इतर समूहको नेतृत्व उनको हातमा परेको हो ।

कांग्रेसको १२ औं महाधिवेशनसम्म नेतृत्वमा कोइराला परिवारकै हाली मुहाली थियो । त्यसबखत सुशील कोइराला सभापति बनेका थिए । कांग्रेसको १२औं महाधिवेशन १ देखि ५ गतेसम्म असोज २०६७ मा काठमाडौंमा भएको थियो । त्यसपछि १३औं महाधिवेशन भने कार्यवाहक सभापति बनेका रामचन्द्र पौडेलको नेतृत्वमा सम्पन्न भएको थियो ।

तर, सो बखत उनी सभापतिमा शेरबहादुर देउवासँग पराजित मात्रै बनेनन् कांग्रेसको संस्थापन समूहको जिम्मा देउवाको हातमा प¥यो । त्यसबखत सभापतिमा देउवा निर्वाचित बनेसँगै इतर समूहको नेतृत्व पौडेलको हातमा गयो भने कोइराला परिवारका नेताहरू पौडेलले नेतृत्व गरेको समूहभित्र परे ।

तर, मंगलबार १४औं महाधिवेशन सकिएलगत्तै १३औं महाधिवेशनबाट कोइराला परिवारबाट बाहिरिएको कांग्रेसको एउटा समूह फेरि कोइराला परिवारकै हातमा पुगेको छ ।

अर्थात् मतपरिणाममा कोइराला पहिलो नभए पनि कांग्रेसभित्रको संस्थापन इतर समूहको नेतृत्व कोइराला परिवारको हातमा परेको छ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्