Logo

१३ प्रतिशत लाभांश पारित गर्दै स्ट्यान्डर्ड चार्टर्ड बैंकको साधारण सभा सम्पन्न



काठमाडौं, २९ मंसिर । स्ट्यान्डर्ड चार्टर्ड बैंक अफ नेपाल लिमिटेडको ३५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको सभा नयाँ बानेश्वरस्थित कम्पनीको प्रधान कार्यालयमा भिडियो कन्फ्रेन्स माध्यमबाट सम्पन्न भएको जनाएको छ ।

सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल १३ दशमलव शून्य ६ प्रतिशत लाभांश पारित गरेको छ । सभाले बोनस शेयर वितरणपछि चुक्तापूँजी वृद्धि हुने भएकोले प्रबन्धपत्रमा सोहीअनुसार संशोधन गर्ने विशेष प्रस्ताव पनि पारित गरेको छ । गत आर्थिक वर्षका वार्षिक, आर्थिक लगायतका महत्वपूर्ण प्रतिवेदन पनि सभाले छलफल गरी पारित गरेको छ।



प्रतिक्रिया दिनुहोस्