Logo

मधेसीतर्फ कांग्रेस सहमहामन्त्रीः २ हजार गन्दा महेन्द्र यादवको १००६, रामकृष्णको ७३६



काठमाडौं, २ पुस । नेपाली कांग्रेसको १४औं महाधिवशेन अन्तर्गत भएको निर्वाचनको सहमहामन्त्री पदको मतगणना जारी रहेको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपा ललितपुरमा अहिले ११ बजेदेखि मत गणना सुरु भएको हो ।

हालसम्म मधेसी क्लस्टरमा महेन्द्र यादवले अग्रता लिएका छन् । २ हजार मत गणना हुदाँ यादवले १००६ मत प्राप्त गरेका छन् । उनी शेखर कोइरालाका पक्षका उमेदवार हुन् । उनका प्रतिद्धन्द्धी रामकृष्ण यादवले ७३६ मत प्राप्त गरेका छन् । उनी देउवा पक्षका उम्मेदवार हुन् । अर्का उम्मेदवार रञ्जित कर्णले २५८ मत प्राप्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्