Logo

राष्ट्रिय सम्मेलनको लागि विभिन्न तहका अधिवेशनमा प्रचण्डले हस्तक्षेप गरेको भन्ने टिप्पणीमा सचिवालयको असहमति



काठमाडौं, ३ पुस । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले राष्ट्रिय सम्मेलनमा नेतृत्वले ूहस्तक्षेपू गरेको भन्ने टिप्पणीप्रति असहमति जनाएको छ। प्रचण्डका स्वकिय सचिव रमेश मल्लले सामाजिक सञ्जाल फेशबुकमार्फत यस्तो बताएका हुन् ।

उनले नेतृत्वले हस्तक्षेप गरेको भन्ने कुरा गलत भएको पनि बताएका छन् । उनले लेखेका छन–‘यो एकदम गलत कुरा हो। पार्टी बाहिर र भित्रका कमरेडहरु समेत यो कुरामा स्पष्ट हुन जरुरी छ कि कुनै पनि सम्मेलनहरु नेतृत्व निर्माणको क्रममा जनवादी केन्द्रीयताको अभ्यास गर्न स्वतन्त्र छ्न। ऊनीहरुले निर्धारित नीति बिधिभित्र रहि आफ्नो अधिकारको प्रयोग गरुन्। र, छिटोभन्दा छिटो प्रदेश सम्मेलनको बाकी काम पूरा गरि यही ५ गतेभित्र आवस्यक विवरण सहितको प्रतिनिधि सुची केन्द्रीय कार्यालयमा पेश गरुन्।’

हाम्रो पार्टीले सदस्यता नविकरणबाट शुरु गरेको पार्टी सुदृढीकरणको अभियान सेल, टोल, वडा, स्थानीय तह हुदै प्रदेश सम्मेलन सम्पन्न गरि राष्ट्रिय सम्मेलनको नजिक पुगेको छ।

हाम्रो पार्टीले विचार सिद्धान्त र नितिमा होइन नेतृत्वमा मात्र केन्द्रित भएर सम्मेलन वा महाधिवेशन गर्ने बुर्जुवा परिपाटीबाट माथी उठाई उल्लेखित विषयमा छलफल, वहसमार्फत सहि विचार र राजनितीक दिशा अनुसार त्यसलाई कार्यान्वयन गर्ने नेतृत्व निर्माण गर्ने पद्धति अनुसरण गर्दै आएको छ।यद्यपि यसलाई समयानुकूल परिस्कृत गर्ने चुनौती पनि हामीले सामना गर्दै आएका छौं।

हामीले सम्मेलनमा अबलम्बन गरिरहेको बिधिको बारेमा केही टिप्पणीहरु सार्वजनिक भएका छन। हामीले अहिले सबै सम्मेलनहरुबाट अधिकतम सहमतिको माध्यमबाट नेतृत्वको टिम निर्माण गर्ने र त्यसरी चयन भएको टिमले आफ्नो पदाधिकारी सकेसम्म सहमतिय निर्वाचन बिधिमा र सहमतिय बिधिबाट नभए बहुमतिय निर्वाचनको माध्यमबाट नेतृत्व निर्माणको बाटो खुला गरेको छ।

हाम्रो पार्टी पद्धतिलाई बुझेर वा नवुझेर कतिपय पक्षबाट नेतृत्वले ूहस्तक्षेपू गरेको भन्ने टिप्पणी सार्वजनिक भएका छन। यो एकदम गलत कुरा हो। पार्टी बाहिर र भित्रका कमरेडहरु समेत यो कुरामा स्पष्ट हुन जरुरी छ कि कुनै पनि सम्मेलनहरु नेतृत्व निर्माणको क्रममा जनवादी केन्द्रीयताको अभ्यास गर्न स्वतन्त्र छ्न।

ऊनीहरुले निर्धारित नीति बिधिभित्र रहि आफ्नो अधिकारको प्रयोग गरुन्। र, छिटोभन्दा छिटो प्रदेश सम्मेलनको बाकी काम पूरा गरि यही ५ गतेभित्र आवस्यक विवरण सहितको प्रतिनिधि सुची केन्द्रीय कार्यालयमा पेश गरुन्। यसमा पार्टी नेतृत्वले कुनै पनि हस्तक्षेप नगरेको र नगरिने ब्यहोरा पनि अवगत गराउदछौ।



प्रतिक्रिया दिनुहोस्