Logo

केन्द्रीय सदस्य (महिला) खुलातर्फको मतगणना हुँदै



काठमाडौं, पुस ५ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत  महिलातर्फ केन्द्रीय सदस्य (खुला)पदका उम्मेदवारहरूको मतगणना सुरु भएको छ ।

आइतबार खुला केन्द्रीय सदस्यमा ३५ जना निर्वाचित भएसँगै खुला महिलातर्फको मतगणना सुरू भएको हो । आइतबार तोकिएको समयसम्म केहि मतगणना भईसकेकोसमेत कांग्रेस निर्वाचन समितिले जनाएको छ ।

खुला महिलातर्फ नौ जनाका लागि आरजु राणा देउवा, डिला संग्रौला पन्त, पुष्पा भुसाल गौतम, लगायत चुनावी मैदानमा ३० जनाले उम्मेदवारी दिएका थिए । केन्द्रीय सदस्य (खुला) ३५ सिटको मतगणना भने सम्पन्न भइसकको छ ।

निर्वाचन समितिका अनुसार निवर्तमान महामन्त्री डा शशाङ्क कोइराला सर्वाधिक मत तीन हजार ८३६ सहित खुला केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । त्यसपछि क्रमशः एनपी साउद -२,९३७_, बालकृष्ण खाँण -२,८७९_, उदयशम्शेर राणा (२,८४३), रामहरि खतिवडा (२,८३२), ज्ञानेन्द्रबहादुर कार्की (२,८२०), रमेश लेखक (२,७८०), शङ्कर भण्डारी (२,७६८), जीपछिरिङ लामा (२,७०२), अर्जुननरसिंह केसी (२,६५०), जीतजङ्ग बस्नेत (२,५५७), गोपालमान श्रेष्ठ (२,५३८), मोहनबहादुर बस्नेत (२,४७६), सुनिलबहादुर थापा (२,४७२) तथा नैनसिंह महर (२,४६७) मतका साथ निर्वाचित भएका छन् ।

यसैगरी दिलेन्द्रप्रसाद बडू (२,४४१), डा रामशरण महत (२,४३४), बलबहादुर केसी (२,३८८), गोविन्द भट्टराई (२,३५०), कुन्दनराज काफ्ले (२,२७९), दिपक गिरी (२,२६५), सुरेन्द्रराज पाण्डे (२,२०१), पद्मनारायण चौधरी (२,०३८), राजिव ढुङ्गाना (१,८९६), गुरु बराल (१,८७०), संजयकुमार गौतम (१,८६७) प्रा डा गोविन्दराज पोखरेल (१,८४३), मदनबहादुर अमात्य (१,८३०), अजयबाबु शिवाकोटी (१,८११), गणेश लामा (१,७८२), दिनेश कोइराला (१,७८१), उमेशजङ्ग रायमाझी (१,७७६), इन्जिनियर मोहन आचार्य (१,७५१), डा गोपाल दहित (१,७१०) र कृष्णकिशोर घिमिरे (१,७०७) मतसहित निर्वाचित भएको समितिले जनाएको छ । खुला केन्द्रीय सदस्य ३५ पदका लागि ९९ जनाले उम्मेदवारी दिएका थिए ।

पार्टीका सबै पदाधिकारीको भने शुक्रबार नै मतगणना सम्पन्न भएको थियो । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि भएको मतदानमा जम्मा ४८७ जनाले उम्मेदवारी दिएको थिए । कांग्रेसमा जम्मा महाधिवेशन प्रतिनिधि (मतदाता) चार हजार ७४३ रहेका छन् ।

केन्द्रीय कार्यसमितिका पदाधिकारी मध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र समावेशीका विभिन्न आठ क्लष्टरअन्तर्गत आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्य मध्येबाट हुने व्यवस्था छ ।

यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी÷जनजाती १५, खस÷आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यक बाट एक, अपाङ्बाट एक सदस्य गरी कुल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने कांग्रेसको विधानको व्यवस्था छ । जम्मा १६७ सदस्यीय केन्द्रीय समितिमा केन्द्रीय सभापतिले ३३ सदस्य मनोनित गर्ने विधानमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्