काठमाडौं, ६ पुस । नेकपा माओवादी केन्द्रले आगामी पुस ११ देखि १३ गते सम्म हुन लागेको राष्ट्रिय सम्मेलनको विषयमा सञ्चारकर्मीसँग अन्तरक्रिया गर्ने भएको छ ।
केन्द्रका प्रवक्ता कृष्णबहादर महराले पार्टी केन्द्रीय कार्यालय पेरीस डाँडामा बुधबार दिउँसो १ बजे सम्मेलनको विषयमा सञ्चारकर्मीसँग अन्तरक्रिया गर्न लागेका हुन् ।
बुधबार महराले पत्रकारहरुसँग सम्मेलनबारे छलफल गर्ने उनको सचिवालयले जनाएको छ ।