काठमाडौं, ८ पुस । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) लोरेन्टसँग हारबाट जोगिएको छ ।
बुधबार राति भएको खेलमा पीएसजी लोरेन्टसँग १–१ गोलको बराबरी खेलेको हो । ।
खेलको ४०औं मिनेटमा थोमसले गोल गर्दै लोरेन्टलाई अग्रता सुरुवाति दिलाएका थिए ।
८६औं मिनेटमा सर्जियो रामोसले रातो कार्ड पाएपछि पीएसजी १० खेलाडीमा समेटियो ।
खेलको इन्जुरी समयमा मौरा इकार्डीले गोल गर्दै पीएसजीलाई हारबाट जोगाए ।
यस बराबरीसँगै पीएसजीले १९ खेलमा ४६ अंक जोडेको छ ।
१६ अंक जोडेको लोरेन्ट १९औं स्थानमा रहेको छ ।