Logo

कांग्रेस पदाधिकारी र केन्द्रीय सदस्यहरुको सम्पत्ति विवरण केन्द्रीय कार्यालयमा पेस गर्न निर्देशन



काठमाडौं, ८ पुस । नेपाली कांग्रेसका निर्वाचित पदाधिकारी र सदस्यहरुलाई ६० दिन भित्रसम्पत्ति विवरण दलको केन्द्रीय कार्यालयमा पेस गर्न निर्देशन दिइएको छ । निर्वाचन आयोगले राजनीतिक दलको लेखापरीक्षण समयमै गराउने निर्देशन अनुसार कांग्रेसले पनि विवरण पेस गर्न आग्रह गरेको हो ।

कांग्रेसले केन्द्रीय कार्यालयमा पेस भएको विवरणको अभिलेख कार्यालयमा राखि त्यसको जानकारी आयोगलाई गराउन निर्देशन दिएको छ ।

राजनीतिक दलसम्बन्धि ऐन–२०७३ को दफा ५३ को उपदफा १ मा पदाधिकारी र केन्द्रीय सदस्यले निर्वाचित भएको ६० दिनभित्र सम्पत्ति विवरण सिलबन्दी गरी दलको कार्यालयमा बुझाउनुपर्ने अवस्था छ ।



प्रतिक्रिया दिनुहोस्