काठमाडौं, १० पौष । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने भएको छ । आज बसेको स्थायी कमिटी बैठकले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने प्रस्ताव बढाएको हो ।
प्रस्ताव आइतबार विहान केन्द्रीय कमिटी बैठक बसी पारित गर्ने तयारी भएको छ । राष्ट्रिय सम्मेलनलाई नै महाधिवेशनमा रुपान्तरण गरी पुनः गर्नुनपर्ने निर्णयमा माओवादी केन्द्र पुग्न लागेको हो ।
माओवादीले महाधिवेशनमा नेतृत्व परिवर्तन भने नगर्ने निश्चितप्रायः भएको छ । अध्यक्षमा प्रचण्ड नै रहने निश्चित नै छ । उपाध्यक्ष, महासचिव र सचिवमा भने धेरै आकांक्षी छन् ।
यसैगरी, प्रचण्डले विप्लवसँग एकताको प्रयास जारी राखेका छन् । उनले महाधिवेशनकै बीच एकताको प्रयास गरेको बुझिएको छ । एकता नभएपनि कार्यगत एकता गर्ने गरी प्रचण्डले छलफल चलाएका छन् ।-File Photo