Logo

सिटिजन्स बैंकले गर्यो नयाँ सेवाको सुरुवात



काठमाडौं, ११ पुस । सिटिजन्स बैंकले नयाँ Kiosk सेवाको सुरुवात गरेको छ । काठमाडौं उपत्यकाको दरवारमार्ग शाखाबाट नयाँ सेवाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले गरेका हुन् ।

हाललाई यस सेवा काठमाडौं उपत्यकाको दरवारमार्ग शाखाबाट उपलब्ध गराइएको बैंकले जनाएको छ । पोखरेलका अनुसार निकट भविष्यमा नै यस सेवालाई आवश्यकता अनुसार बैंकका अन्य शाखाहरुमा समेत बिस्तार गर्नेछ ।

Kiosk मार्फत प्रारम्भिक रुपमा ग्राहकहरुले आफ्नो बैंक खाताको विवरण हेर्ने, बैंक खाताको स्टेटमेन्ट प्रिन्ट गर्ने, क्लियरिङ्ग चेक डिपोजिट गर्ने, एटिएम तथा बैंकका शाखाको विवरणहरु प्राप्त गर्ने जस्ता सेवा बैकका कर्मचारीको सहयोग बिना नै प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

सिटिजन्स बैंकले हाल १७४ शाखा, १२३ एटिएम र ८८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट सेवा दिँदै आएको छ ।

 



प्रतिक्रिया दिनुहोस्