एजेन्सी, १४ पुस । यदि तपाई आफ्नो छालालाई ब्राइट र टाइट बनाउन चाहानुहुन्छ भने दिनको सुरुवात एक गिलास मनतातो पानीबाट गर्नुहोस् । यसले शरीर भित्र भएको नराम्रो पिशाव र मललाई बाहिर फालीदिन्छ र अनुहारमा चमकता दिन्छ । यसको साथै केही प्रकारका रोगहरुबाट पनि छुटकारा पाइन्छ ।
पानी पिएपछि आफ्नो अनुहारलाई चिसो पानीले सफा गर्नुहोस् । यसले तपाईको रगत प्रवाहलाई केही समयको लागि तिव्र बनाउँछ । यसो गर्दा अनुहारमा जमेको फोहोर पनि हट्छ । चिसो पानीले छालालाई टाइट बनाउछ र अनुहारको बनावटमा पनि सुधार ल्याउछ ।
चिसो पानीले अनुहार सफा गरेपछि केही पनि अनुहारमा लगाउन पर्दैन् । धेरै महिलाहरुले अनुहार धोए लगत्तै मोश्चाइराइजर, क्रिम वा मेकअप प्रोडक्ट प्रयोग गर्छन् । यस्तो गर्दा छालाले राम्रोसँग सास लिन पाएको हुँदैन् । यसकारण बिहान १/२ घन्टाको लागि कुनै क्रिम नलगाएर छाड्नु पर्छ ।
छालालाई भित्र र बाहिर दुवैमा हाइड्रेट गर्न नदिने खालको पेय पद्धार्थ बिहान पिउनु पर्छ । जसले हाम्रो छालालाई फाइदा पुग्छ । चिया पिउनु अगाडी जीरा, कागती र मह पानी पिउन सकिन्छ । कुनै पनि फेसप्याक वा मास्क धेरै समयसम्म लगाएर राख्न हुँदैन् ।