काठमाडौं, १४ पुस । नेपाल बंगलादेश बैंकको बरिष्ठ उप–प्रमुख कार्यकारी अधिकृत (सिनियर डेपुटी सीईओ) मा बैंकर भूपेन्द्र पाण्डे नियुक्त भएका छन् ।
हाल नेपाल इन्फ्रास्ट्रक्चर बैंकमा डेपुटी सीईओका रुपमा कार्यरत पाण्डेले माघ १ गतेदेखि नेपाल बंगलादेश बैंकको नयाँ जिम्मेवारी समाल्ने भएका हुन् ।
बैंकको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले पाण्डेलाई सिनियर डेपुटी सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । बैंकका वर्तमान प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाको कार्यकाल यहि पुस मसान्तमा सकिदैछ ।